arrow

कालिकोट अस्पताल ५० शय्याकाे बनाउन स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
Kalikot-hamrakura.jpg.jpeg

काठमाडौँ २४ माघ । कालिकोट जिल्ला अस्पताललाई ५० श्ययाको बनाउनमा माग गर्दै कालिकोटवासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवं काँग्रेस कालिकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुर्झाएको हो ।

शाहीले कालिकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा कयौंले ज्यान गुमाउनुपरेको भन्दै जिल्लामै ५० शय्याको अस्पताल माग गरिएको बताए । उनले भने, ‘कालिकोटवासी स्वास्थ्योपचारका लागि नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।’
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कालिकोट जिल्ला अस्पताललाई चाँडै ५० श्ययाको अस्पताल बनाउने प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ