arrow

एनसेल एप क्याम्प सर्वोत्कृष्ट विजेताको उपाधी अन्नेम्ड (भिआर) ले चुमे

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
ncell.png.png

काठमाडौं । नेपालको मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको एप क्याम्प २०१५ को सर्वोत्कृष्ट विजेता घोषणा गरेको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा अन्नेम्ड (भिआर) बिजयी घोषित भएका हुन । खेल तथा मनोरंञ्जन विधा अन्र्तगत प्रतिस्पर्धामा रहेको उक्त समुहले विधागत विजेताको साथै सर्वोत्वकृष्ट विजेताको पुरस्कार हात पारेको हो ।

यसै गरी स्वास्थ्य विधाबाट स्किन कनसल्ट, पर्यटनबाट पिनपिक्स् र युटिलिटीबाट निडर विजेता भएका छन । अन्नेम्ड (भिआर) ले विधागत रु २,५०,००० र सर्वोत्कृष्ट  विजेताको रु ५,००,००० गरी रु ७,५०,००० नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । अन्य तीन विधा हरेक विजेता समुहले रु २,५०,००० पुरस्कार प्राप्त गरेका छन् ।

सर्वोत्कृष्ट विजेताको पुरस्कार एनसेलका सिइओ एरिम टाइलानलरले हस्तान्तरण गरेका थिए । खेल तथा मनोरंजन विधाका विजेतालाई काठमाण्डौं कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक विष्णु राज अधिकारीले पुरस्कार प्रदान गरेका थिए । स्वास्थ्य विधाको पुरस्कार मेटलाईफका वितरण विभागका प्रमुख निर्मल काजी श्रेष्ठले प्रदान गर्नु भएको थियो । नविल बैंकका कार्यकारी प्रमुख सशिन जोशिले पर्यटन विधाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसै गरी युटिलिटी विधाको विजेताले ई–सेवाका अध्यक्ष विश्वास ढकालबाट पुरस्कार ग्रहण गरेका थिए ।

अन्नेम्ड (भिआर) ले थ्रिडी हरर गेम एप निमार्ण गरेका थिए । सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् । सर्वोत्कृष्ट विजेता घोषित भएपछि प्रतिक्रिया दिदै समुहका लिडर शितल कुमार महर्जनले आफुहरुले देखेको  सपना साचो भएको बताउदै पुरस्कारले नेपालको गेमिङ्ग क्षेत्रलाई अघि बढाउने उत्तरदायित्व बोध गराएको बताए ।

विजेता घोषणा कार्यक्रममा बोल्दै एनसेलका सिइओ एरिम टाइलानलरले विजेताहरुलाइ बधाई दिदै  विजेतालाई प्रदान गरिएको नगद पुरस्कारले ब्यवसाय सुरु गर्नको लगि आधार प्रदान गर्ने बताए  । “एनसेलले युवाहरुको आइसिटी प्रति रहेको क्षमता र संभावनालाई बाहिर ल्याउन आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमको निरन्तरता दिने छ ।” उनले भने ।

यस्तै सुचना संचार तथा प्रविधि मन्त्रालयका सह सचिव कविराज खनालले विजेताहरुलाई बधाइ ज्ञापन गर्दै एनसेलले आइटी क्षेत्रको विकासको लागि बाटो देखाउने काम गरेका भन्दै एनसेलको कार्यको प्रशंसा गरे । उनले एप निर्माताहरुलाई थप संभावनाका बाटाहरु बढाउने गरी सरकारले काम अगाडी बढाउने बताए ।

खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६/६ वटा गरि अन्तिम प्रतिस्पर्धाकोलागि २४ समुहहरु छानिएका थिए । विगत पाँच महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लगि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए ।

एनसेलले छनोटका लागि एप को आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ