arrow

सेन्सरसँग रिफ्युजीको गुनासो

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Refugee.jpg.jpeg
काठमाडौं । रिलिज मिति घोषणा नभएको फिल्म ‘रिफ्युजी’लाई फिल्म सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिए पनि सेन्सर पछिको निर्णय प्रति गुनासो गरेको छ ।

फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेन्सर फिल्मका लागि चाहिने केही कुरामा सेन्सरले कैची लगाएकोमा चित्त दुःखाएको हो । फिल्मका निर्देशक उदय सुब्बाले फिल्मले भुटानी शरणार्थीको कथालाई प्रस्तुत गर्दै फिल्ममा भुटानको चित्रमा कैची लगाएको बताए । ‘योबाहेक फिल्मका केही कुरामा सेन्सरले कैची लगाएको छ, जसले गर्दा फिल्मको मर्ममा केही असर परेको छ,’निर्देशक सुब्बाले भने,‘शरणार्थीको विषयलाई सेन्सरले नबुझ्दा अलिक गाह«ो प¥यो ।’

फिल्मका निर्माता दीपेश राईले फिल्मले शरणार्थीको विषय उठान गरेकोले त्यो कथा मनपरेकाले आफुले लगानी गरेको बताए ।

फिल्मकी नायिका रिस्ता बस्नेतले आफुले फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेको बताईन् । फिल्ममा रिस्तासहित जीवन लुँइटेल, नीर शाह, अशोक शर्मा, ओमप्रकाश नेउरम्बा, सुभाष लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा मनोजराज वान्तवा राईको पनि लगानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ