arrow

भारतमा भूकम्प, राजधानी नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लियो

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
earthquakes.jpeg
नयाँदिल्ली । भारतमा सोमबार राति गएको ५.८ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लिएको छ । उत्तराखण्डको रुद्रप्रयागमा जमिनदेखि ३३ किलोमिटर गहिराइमा केन्द्रबिन्दू रहेको भूकम्पले कुनै क्षतिको विवरण भने आइसकेको छैन ।
 
स्थानीय समयअनुसार राति १०ः३३ बजे गएको भूकम्पको झड्का उत्तराखण्ड, पञ्जाव, उत्तरप्रदेश लगायतमा महसुस गरिएको थियो ।
 
भूकम्पका कारण रातारात मानिस घरबाहिर निस्किएका थिए । 
 
भूकम्पको झड्का नेपालको सुदूरपश्चिम क्षेत्रमासमेत महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ