arrow

रुसलाई फेरि खेलकुदमा झड्का, विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
russia-doping.jpeg
मोनाको । सन् २०१५ को नोभेम्वरमा डोपिङ प्रकरणमा दोषी पाइएको रुसले यस वर्षको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा पनि भाग लिन नपाउने भएको छ ।
 
गत वर्ष रियो ओलम्पिक्ससमेत खेल्न नपाएको रुसी टिमलाई यसपटक पनि एथ्लेटिक्सको विश्व संगठन आईएएएफले प्रतिवन्ध लगाएको हो । 
 
फ्रान्सको मोनाकोमा भएको आईएएएफको बैठकमा सो निर्णय भएसंगै रुसलाई फेरि झड्का लागेको हो । 
 
विश्व एथलेटिक्स च्याम्पियनसिप यही अगष्ट ४ देखि १३ तारिखसम्म इङल्याण्डको लण्डनमा हुँदैछ ।
 
केही रुसी खेलाडीले डोपिङ परीक्षणको मापदण्ड पूरा गरेमा तटस्थ खेलाडीको हैसियतमा लण्डन आउन पाउने पनि  एथ्लेटिक्समा भाग लिन पाउने आईएएएफले जनाएको छ ।
 
सन् २०११ देखि २०१५ सम्म एक हजारबढी खेलाडीले रुसले गराएको डोपिङ परीक्षणमा भाग लिएको जनाइएको छ । रुसमा राज्यले नै उत्तेजक औषधि खेलाडीलाई उपलब्ध गराउँदै आएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ