arrow

पाँच किलो चरेससहित एक भारतीय नागरिक नियन्त्रणमा

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
chares.jpeg
वीरगन्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलबार बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । 
 
काठमाडौंबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए । 
 
अभियुक्त सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पु¥याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । 
 
लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ