arrow

क्यान्जेन माइक्रो हाइड्रोपावर बन्दै

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
micro_hydro_cartoon1.jpg.jpeg
रसुवा। कादूरी नामक गैर सरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ । 
 
भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ । पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष सुब्बा तामाङले बताए । 
 
आफ्नो संस्थाको  आठ करोड लगानीमा निर्माण गरिने विद्युत् आयोजनाबाट लाङटाङको क्याङजेन क्षेत्रमा अवस्थित १०० घरलाई विद्युत् सेवा दिइने कादूरीका प्राविधिक परियोजना प्रबन्धक बालचन रानाले बताए । आयोजना आगामी सेप्टेम्बर(भदौ–असोज)सम्म पूरा हुने बताइएको छ । भूकम्पपछि लाङटाङ गाउँ पहिराले पुरेपछि विद्युत्विहीन भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ