arrow

दाङमा महिनावारी सम्बन्धी क्षेत्रीय बहस

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ माघ २५ मंगलबार
mahinawari-new-dd.jpeg

दाङ । दाङमा महिनावारीको स्वच्छता र व्यवस्थापन सम्बन्धी क्षेत्रीय बहस भएको छ । विद्यालयमा महिनावारी स्वच्छता, व्यवस्थापन, तथा नीति निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरी यस विषयमा छलफल थालिएको हो ।

मध्य तथा सुदुर पश्चिममा स्वास्थ्य खानेपानी, शिक्षा, महिला, बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयका जिम्मेवार पदाधिकारी सहभागि कार्यक्रममा महिनावारीको स्वच्छता व्यवस्थापन तथा वर्तमान नीतिको वारेमा छलफल भएको छ ।

कार्यक्रममा खानेपानीका क्षेत्रीय निर्देशक चन्द्र केसीले सरसफाइका लागि आफुहरु सक्रिय भएको बताए । शिक्षा मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मीले  शिक्षाको पाठ्यक्रममै समावेस गरेर जान सके व्यवस्थापन गर्न सहज हुने बताए । कार्यक्रममा शिक्षा निर्देशक रिताराज भण्डारीले सबैको सहकार्यले मात्रै यसको समाधान हुने बताइन् ।
दाङको तुलसीपुरमा सञ्चालन भएको कार्यशालाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । कार्यशालाले महिनावारी व्यवस्थापनको बहसललाई सार्थक तुल्याउन भन्दै १५ बुँदे दाङ घोषण पत्र जारी गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ