arrow

करोडौं कर नतिरेका १३ शैक्षिक संस्था तथा अस्पताललाई कालो सूचीमा राखिँदै (नामावली सहित)

कर नतिर्नेहरुमा सांसद्को स्कूलदेखी भारतीय लगानीको डिएभीसम्म

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
lalitpur_Non_Payear.jpeg
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले करोडौं कर नतिर्ने एक दर्जन शैक्षिक संस्था तथा अस्पतालहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । १० वर्षसम्म पनि कर तिर्न नआएका र पटकपटक पत्र काट्दा पनि यसको बेवास्ता गरेका शिक्षण संस्था तथा अस्पतालहरुमालाई अबको एक महिनासम्म पनि कर तिर्न नआए कालो सूचीमा राख्ने तयारी गरिएको उपमहानगरका राजश्व विभाग प्रमुख डिल्ली शाक्यले जानकारी दिए । 
 
यसरी कर नतिर्नेहरुमा व्यवस्थापिका संसद्का सदस्यदेखि ठूलाठूला औद्योगिक घरानासम्म रहको उपमहानगरले जनाएको छ । लिटिल एन्जलस स्कूल काँग्रेस सांसद् उमेश श्रेष्ठको हो भने डिएभी स्कूल भारतीय लगानीमा सञ्चालित विद्यालय हो । यस्ता संस्थाहरुले अहिलेसम्म तिर्नुपर्ने करको विवरण हेर्ने हो भने पनि यो करोड भन्दा बढी हुन आउने उपमहानगरको दाबी छ । 
 
यस्ता संस्थाहरुलाई कारबाही गर्नको लागि उपमहानगरपालिकाले नगरप्रहरीका डिएसपीको संयो जकत्वमा एउटा समिति समेत गठन गरिसकेको छ । उक्त समितिले यो महिनाको अन्तिममा प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । 
 
उक्त समितिले कुन संस्थालाई कति कर तिराउने लगायतका विषयमा निर्णय गरेपछि पनि कर नतिर्नेलाई विना सूचना कालोसूचीमा राख्ने तयारी भईरहेको उपमहानगरले जनाएको छ । कालो सूचीमा राखिसकेपछि उपमहानगरले दिने सबै सुविधाहरु रोक्का गर्नेछ र त्यति गर्दा पनि सुध्रिए प्रशासन लगाएर संस्था बन्द सम्मगर्न सकिने कानूनी व्यवस्था रहेको छ । 
 
यसरी ललितपुर उपमहानगरपालिकाले कालो सूचीमा पार्न लागेका शैक्षिक संस्था तथा अस्पतालहरुको विवरण :
 
१. डिएभी स्कूल
 
२. जेम्स स्कूल 
 
३. लिटेल एन्जलस स्कूल 
 
४. आदर्श विद्या मन्दीर 
 
५. काठमाडौं कलेज अफ म्यानेजमेन्ट 
 
६. कान्तिपुर भ्याली कलेज
 
७. अक्सब्रिज कलेज
 
८. पाटन संयुक्त कलेज 
 
७. अल्का अस्पताल
 
१०. सुमेरु अस्पताल 
 
११. किष्ट हस्पिटल
 
१२. पाटन अस्पताल
 
१३. सर्वाङग नर्सिङ होम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ