arrow

अब टेलिकमको फोर जी आइफोनमा चलाउन सकिने

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
काठमाडौं ।  नेपाल टेलिकमको फोर जी मंगलबार देखि सवै सिरिजका आइफोन सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । यस अघि फोर जी आइफोन फाइभमा मात्र चलाउन सकिने थियो । मंगलबार देखि आइफोन ६ ,६ प्लस,७, ७ प्लस का सेटहरुमा पनि फोर जी / एलटिई सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
 
नेपाल टेलिकमले पौष १७ गते देखि नेपालमै पहिलो पटक फोर जी / एलटिई सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसर  देखि  काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ । 
 
आइफोन ६ ,६ प्लस,७, ७ प्लसका फोन सेटमा फोर जी सञ्चालन गर्न एप्पल कम्पनीको वेवसाइटमा गइ दिएको निर्देशन अनुसार आफ्नो फोनको व्याकप लिइ प्रोफाइल डाउनलोड गर्नुपर्नेछ । त्यसपछि जेनेरल>सेटिङ> सफ्टवेयर अपडेटमा गइ बेटा भर्सन डाउनलोड गर्न सकिने नेपाल टेलिकम  प्रवक्ता प्रतिभा बैद्यले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ