arrow

नक्कली डाक्टरले सञ्चालन गरेको मेडिकलमा प्रशासनको छापा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ माघ २५ मंगलबार
nakkali-doctor.jpeg
बझाङ। बझाङ सदरमुकाम चैनपुरमा झण्डै एक दशक देखी मेडीकल सञ्चालन गर्दै आएका भारतको कलकत्ता घर भएका नक्कली डाक्टर प्रणय मण्डलको मेडिकलमा मंगलवार  प्रशासनले छापा हानेको छ । प्रणय मण्डलले सेती अञ्चलका डाक्टर सुरज तिवारी संग सहकार्य गरि तीन दिने स्वास्थ्य शिविर संचालन गरेपछि प्रशासनले मेडिकलमा निरिक्षण गरेको हो ।  कलकत्ता घर भएका मण्डलले भगवती हेल्थ क्लिनिक नाम दिएर गैरकानुनि रुपमा मेडीकल सन्चालन गर्दै आएका छन् ।
 
 अध्यायनको कुनै पनि प्रमाण पत्र नभएका मण्डलको औषधि ब्यावस्थापन विभागमा समेत मेडिकल दर्ता दर्ता भएको  छैन ।  उनले नक्कली प्रमाण पत्र बनाई आफु डाक्टर भएको भ्रम गरेर मेडीकलमा लाखौँको औषधि  राखी उपचार गर्दै आएका थिए । 
 
 सेती अन्चल अस्पतालका डाक्टर सुरज तिवारीको सहकार्यमा तीन दिने स्वास्थ्य सिवीर चैनपुरमा सन्चालन गर्न लागे पछि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले मेडीकलमा छापा मार्दा उनको नक्कली प्रमाण पत्र भेटीएको हो ।
 
 जिल्ला अस्प्तालका प्रमुख डाक्टर विष्णु खतीवडाले भगवती हेल्थ क्लीनीकल स्वास्थ्य सिवीर सन्चालन गर्नु कानुन विपरीत भएको जानकारी दिए  । यसैमा भारतका नक्कली डाक्टर आएर लामो समय मेडीकल सन्चालन गरेको देखेपछि कानुनी कार्वाहीका लागी पहल गर्ने पनि उनले बताए  ।
 
 प्रणय मण्डपले भैरवना गाविसका समीत राज धामी लाई मेडीकलको जिम्मा दिएर काम गराउदै आएका छन् । सदरमुकाम चैनपुरमा नक्कली डाक्टर मण्डल जस्तै न्यु चैन मेडीकल मा पनि भारतको बंगाल घर भएका मनीतोस्वालले मेडीकल सन्चालन गर्दै आएका छन् ।  मेडीकलले स्वास्थ्य सिवीर सन्चालन गरेको जानकारी पाए पछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले योग्यता नपुगेका ब्यक्ती बाट मेडीकल सन्चालन गरी त्यसैमा स्वास्थ्य शिविर सन्चालन गर्नु गैर कानुनि काम भएकोले मण्डलको कार्वाहीका लागी पहल गर्ने बताए । 
 
नक्कली प्रमाण पत्र राखेर लामो समय सम्म बझाडको सदरमुकाम चैनपुरमा भारतका बंगालीहरुले खुलेयाम मेडिकल संचालन गर्दै आएका भएपनि हाल सम्म भने प्रशासनले कार्वाही गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ