arrow

भवन बनाउन फाइल बोकेर मन्त्रालय र नेता धाउनु पर्दैन : मन्त्री थापा

logo
कौरव खत्री,
प्रकाशित २०७३ माघ २५ मंगलबार
mantri-thapas-at-gulmi.jpeg
गुल्मी । स्वास्थ्यमन्त्री गगन थापाले अवको पाँच बर्षमा कुनै पनि स्थानमा स्वास्थ्यचौकी र अस्पतालका भवन माग्दै जानु नपर्ने बताएका छन् । उनले भवन निर्माणको लागि राज्यसंग स्रोतको कमी नभए पनि मान्छेमा इच्छा शक्ति कम्जोर रहेको बताए  ।
 
 हस्तिचौर स्वास्थ्यचौकीको भवन शिलन्यास गर्दै मन्त्री थापाले भने, देशभरका स्वास्थ्यचौकी र अस्पतालका भवन बनाउन करिव ६० अर्व लाग्ने रहेछ त्यसको लागी प्रक्रिया शुरु भएकाले अवको पाँच बर्षमा कुनै भवन बन्न बाँकी रहँदैन ।’ उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका थुप्रै समस्या मध्ये भवन शिलन्यास हुने तर सम्पन्न नहुने प्रवृति रहेको बताए । 
 
देशभर बन्नु पर्ने स्वास्थ्य भवन २ हजार ५ सय छन्, यसबर्ष एक हजार दुई सय प्रस्ताव भएका थिए, मन्त्री थापाले भने, दुई सय ७५ यो बर्ष परेका छन् । नेपालभर परेका दुई सय ७५ भवन मध्ये गुल्मीमा मात्र १४ वटा भवन पर्नु सुखद पक्ष भएको पनि उनले औल्याए । 
 
कार्यक्रममा गाविस सचिव तथा स्वास्थ्य व्यावस्थापन समितिका अध्यक्ष नर बहादुर अर्यालले स्वास्थ्यचौकीको लागी एम्बुलेन्स, वेएटिङ्ग वेड, स्वास्थ्य सामाग्री, र दरबन्दी अनुसारका कर्मचारीको माग गरेका थिए । 
 
माग पत्र बुझ्दै मन्त्री थापाले सवै माग पक्रियाले हुने भएकाले अव यस्ता माग बोकेर मन्त्रालय र नेता सम्म धाउनुनपर्ने बताए । अत्यन्तै जिर्ण अवस्थामा रहेको हस्तिचौर स्वास्थचौकीको भवन साढे दुई करोडको लागतमा यसबर्ष निर्माण थालिएको छ । उक्त भवन ०७४ पुस सम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ