arrow

स्थानीय चुनाव जेठ १ र २१ गते गर्ने भन्यौँ, वन् डे गर्न मिल्दैन

स्थानीय तहकै निर्वाचन गर्ने हो, सजिलो छैन

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
ayodhi-yadab-new-s.jpeg

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन गर्न भने जस्तो सजिलो नभएको बताएका छन् । प्रमुख आयुक्त यालवले भने, ‘संसदले स्थानीय तहको निर्वाचन गर्ने भनि कानुन बनाइसकेपछि नयाँ संरचनाकै निर्वाचन हुन्छ ।

स्थानीय तह भन्दा अर्को विकल्पमा जाँन सकिँदैन ।’ तर स्थानीय तहको निर्वाचन गर्न सजिलो छैन । पहिले मतदाता नामावली प्रकाशनमा समस्या हुँदैन थियो अब समस्या हुन्छ, यादवले थपे, ‘पहिले मतदान केन्द्र तोकेपछि मतदाता को कहाँ गएर मतदान गर्ने भन्ने समस्या हुँदैन थियो । अब पहिले नै मतदाता नामावली प्रकाशन गरेर गाउँपालिका र नगरपालिकाको वडा वडामा पठाउनु पर्छ । कुन मतदाताको मतदान गर्ने ठाउँ कहाँ हो  भन्ने पहिल्यै थाहा पाउनु पर्ने हुन्छ ।’ गाउँपालिका भएपछि अब एउटै वडामा कति मतदातालाई कति केन्द्रमा मत खसाल्ने व्यवस्था गर्न सकिन्छ भन्ने पनि ख्याल गर्नु पर्ने प्रमुख आयुक्त यादवको भनाई छ ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सरकारले स्वीकत गरेर चाँडो आयोगको हात पर्नु पर्ने बताउँदै प्रमुख आयुक्त यादवले भने, ‘पुनःसंरचनाको प्रतिवेदन र निर्वाचनको मिति सरकारले जति सक्दो चाँडो दिनु पर्छ । हामीलाई मतदाता सूचीको चिन्ता छ, पहिले जस्तो छैन । यो महत्वपूर्ण चिन्ताको विषय हो ।’ पुरानो संरचना भए समय कम चाहिन्थ्यो । अहिले स्वभावैले समय बढी चाहिने हुनु सक्छ, उनले थपे, ‘मिति घोषणामा ठिलाई भए जेठमा स्थानीय तहको निर्वाचन गर्न सकिँदैन ।’ त्यसपछि बर्खाले चुनाव गर्न दिँदैन ।

२०५४ यता स्थानीय निकायको निर्वाचन नै भएको छैन । यादवले भने, ‘यथार्थ र कठिनाई बारे हामी भन्दा बढी दलका नेताहरुले बुझेका छन् । प्राविधिक कुरामा त हामी गृहकार्य गरिरहेका छौं । वास्तविकताबारे उहाँहरु जानकार हुनुहुन्छ । हाम्रो भन्नु केही छैन ।’ हामीलाई मिति र पुनःसंरचनाको प्रतिवेदन तत्काल उपलब्ध गराइनु उत्तम हुन्छ ।

विद्युतीय मतदान भए छिटो हुन्छ
प्रमुख आयुक्त आदवले विद्युतीय मतदान पद्दती अपनाए चाँडो र सजिलो हुने बताएका छन् । उनले भने, ‘आयोगले भनेर मात्रै भएन । सबै राजनीतिक दल र सरोकारवाला सबै पक्षको सहमती हुनुपर्छ ।’ छपाइको मतपत्र साह्रै लामो हुने र नेपालमा छाप्न सम्भव नरहेको पनि प्रमुख आयुक्त यादवले बताए ।

उनले भनेका छन्, ‘बाहिर मतपत्र छाप्दा, ल्याउँदा, जिल्ला–जिल्ला गाउँ गाउँ पठाउँदा समय थुप्रै खर्च हुन्छ । असजिलो पनि छ । विद्युतीय मतदान त्यति असजिलो छैन । कागजी प्रक्रियाको झमेलामा लागिरहनु पर्दैन । काउन्ट र रिकाउन्टको व्यवस्था त्यसैमा हुन्छ ।’ मतदाता पनि उत्साही छन् । यद्यपि, प्रमुख आयुक्त यादवले विद्युतीय मेसिनमा सेटिङ मिलाउन आइटीवालालाई कति समय लाग्छ भन्नेबारे केही भनेनन् ।

स्थानीय तहको निर्वाचन एकै दिन गर्न सकिँदैन, मिल्दैन पनि !
प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचन एकै दिन गर्न नमिल्ने बताएका छन् । सुरुमा पहिलो दिनको निर्वाचनलाई तार्गेट गरेर निर्वाचन सुरु गर्नु पर्ने भन्दै यादवले भने, ‘अहिले हामीले दुई चरणमा निर्वाचन गर्छौ भनेका छौं, त्यो तीन चरणमा पनि जान सक्छ । स्थानीय तहको निर्वाचन वन् डे हुनै सक्दैन ।

अन्तको अभ्यासलाई हेर्ने हो भने पनि एकै दिन गर्न मिल्दैन । सम्भव छैन ।’ निर्वाचनको चरण महत्वपूर्ण होइन भन्दै प्रमुख आयुक्त यादवले भने, ‘निर्वाचन सुरु कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । पहिलो दिनको निर्वाचन सुरु गर्न सक्नु नै महत्वपूर्ण हो ।’ त्यसपछि त सम्पूर्ण व्यवस्था भइसकेपछि निर्वाचन जति चरणमा गरेपनि कुनै फरक पर्दैन ।

जेठ १ र २१ गते दुई चरणमा निर्वाचन गर्ने आयोगको पत्र  
निर्वाचन आयोगले दुई चरणमा स्थानीय निर्वाचन गर्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेको छ । आयोगले दुई चरणमा निर्वाचन गर्ने कार्यतालिकासहित सरकारलाई पत्र पठाएको प्रमुख निर्वाचन आयुक्त यादवले बताए । पत्रमा सरकारलाई आउँदो जेठ १ र २१ गते स्थानीय निर्वाचन गर्नेगरी सुझाव दिइएको उनले बताए ।

आयोगको प्रस्ताव अनुसार पहिलो चरणमा जेठ १ र दोस्रो चरणमा जेठ २१ गते निर्वाचन हुनेछ । सरकारले स्थानीय तहको निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले नै सरकारलाई जवाफ र सुझावसहितको पत्र पठाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ