arrow

'मुन्ना भाई ३' बनाउदै राजकुमार हिरानी

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
m3.jpeg
एजेन्सी । बलिउड  निर्देशक राजकुमार हिरानीले मुन्ना भाई सीरीजको तेस्रो चलचित्र  'मुन्नाभाई ३' बनाउने भएका छन् । उनले चलचित्रमा संजय दत्त र अरशद वारसी मुख्य भूमिकामा रहने बताए ।  हिरानी हालै रणबीर कपूरसँग संजय दत्तको बायोपिक चलचित्र बनाउनमा व्यस्त रहेका छन् । चलचित्रको सुटिंग जुन सम्ममा सकिने बताइएको छ ।
 
संजय दत्तको जिवनी रिलिज भएसँगै हिरानी 'मुन्नाभाई ३' बनाउन तर्फ लाग्नेछन् । मुन्नाभाई सीरीजको पहिलो चलचित्र २००३ डिसेम्बर मा रिलीज भएको थियो । साथै त्यसको तीन बर्ष पछि 'लगे रहो मुन्ना भाई'  रिलिज भयो । राजकुमार हिरानीले धेरै पहिले देखि चलचित्र बनाउने बताउदै आएका थिए । भारतिय  एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले  मुन्नाभाई सीरीजको लागि पाँच अधूरा स्क्रिप्ट रहेको बताएका छन् । 
 
हिरानीले भने , 'चलचित्र बनाउनको लागि म ती  स्क्रिप्टबाट कुनै एकलाई छान्न सक्छु तर म त्यस्तो स्क्रिप्ट चहान्न जुन अघिल्लो दुई चलचित्र भन्दा राम्रो नहोस् । ' हिरानीले  अहिले उनि संजय दत्तको  जीवनमा आधारित चलचित्रमा  व्यस्त रहेकव बताए । उनका लेखक-मित्र अभिजात जोशी 'मुन्ना भाई ३' को  स्क्रिप्टमा काम सुरू गर्ने बाला रहेको समेत उनले सुनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ