arrow

काबुलमा आत्मघाती विष्फोट, कम्तीमा २० जनाको मृत्यु, ४५ घाइते

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
kabul-attack.jpeg
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार गराइएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।
आक्रमणमा कम्तिमा ४५ जना घाइते भएको काबुल प्रहरीले जनाएको छ । 
 
घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल स्रोतलाई उधृत गर्दै काबुल प्रहरीले जनाएको छ । घाइतेहरुको अंगभंग भएकोसमेत जनाइएको छ । 
 
एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए ।  
 
आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जनाए । 
 
अफगानिस्तानमा विद्रोही समूह तालिबानले आत्मघाती आक्रमण गराउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ