arrow

हेटौंडा अस्पतालमा अनुगमनः चिकित्सक अनुपस्थित, ३ बजेपछि ओपीडी बन्द

मध्यान्हमै टिकट दिन रोकिने

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
hetauda-hospital.jpeg
हेटौडा । मकवानपुरको हेटौंडा अस्पतालमा चिकित्सकहरु नै उपस्थित नभएको पाइएको छ । मकवानपुर सीडिओ नारायण शर्मा दुवाडीको नेतृत्वमा मंगलबार अस्पताल अनुगमनमा गएको टोलीले दिउँसो दिन बजे नै आपीडी सेवा बन्द गर्ने गरिएको पत्तो लगाएको हो । 
 
१६ जना चिकित्सकको माग भए पनि ९ जनाको मात्र दरबन्दी रहेको अस्पतालमा केवल चार जनामात्र उपस्थित भएको पनि सीडीओ दुवाडीले जानकारी दिएका छन् । 
 
सो १५० शैयाको अस्पतालमा स्वास्थ्य मन्त्रालयमा साँझ ५ बजेसम्म चिकित्सक अनिवार्य उपस्थित हुनुपर्ने पत्र गइसकेको भए पनि ३ बजेसम्ममात्र ओपीडी चलाउने गरिएको अस्पताल प्रमुख शर्वेष शर्माले स्वीकार गरेका छन् । 
 
अर्को अचम्म त के भने चिकित्सकको अभाव देखाउँदै मध्यान्ह १२ बजेसम्ममात्र बिरामीको उपचारका लागि टिकट काटिन्छ । 
 
हेटौडा अस्पतालसंगै जोडिएको जिल्ला जनस्वास्थ्यमा पनि अधिकांश अनुपस्थित थिए । फिल्डमा गएको भन्दै उनीहरुको हाजिरी देखाउन भने प्रशासनले नमानेको अनुगमनमा संलग्न एक जनाले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ