arrow

उपमहानगरलाई कर नतिर्नेमा सञ्चय कोषदेखि पञ्चकन्यासम्म, कालोसूचीमा राखिने

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
Lalitpur_taxesion.jpeg
काठमाडौं । लामो समयसम्म कर नतिर्नेहरुलाई कारबाही अगाडि बढाउन छुट्टै समिति गठन गरेको ललितपुर उपमहानगरपालिकाको कारबाहीमा अर्ध सरकारी स्वामित्वको साझा यातायात र कर्मचारी सञ्चय कोष समेत पर्न लागेका छन् । व्यवसाय दर्ता गरेर स्वघोषित कर तिर्नुपर्नेमा अहिलेसम्म व्यवसाय समेत दर्ता नगर्ने यी दुई बाहेक पनि दुई दर्जन विभिन्न क्षेत्रका संस्थाहरुलाई ललितपुर उपमहानगरपालिकाले कालोसूचीमा नै राखेर कारबाही गर्ने तयारीमा रहेको उपमहानगरपालिकाले जनाएको छ । कर नितर्नेमा नेपाल उद्योग वाणिज्य महास‌ंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठको पञ्चकन्या समूह समेत रहेको छ । 
 
उपमहानगरका राजश्व विभाग अन्तर्गत्को राजश्व महाशाखाप्रमुख डिल्ली शाक्यले दिएको जानकारी अनुसार यस्ता संस्थाहरुलाई एक महिनामसम्म कर तिर्ने अवसर रहेको छ । उपमहानगरपालिकाले गठन गरेको उच्चस्तरीय कर छानविन तथा सुझाव समितिले प्रतिवेदन दिएपछि भने यस्ता करदातालार्इ कालो सूचीमा समेत राखेर कारबाही गरिने उनले जानकारी दिए ।
 
यसरी कर नतिर्नेमा यी दुई संस्थापछि भारतीयहरुले लगानी गरेको पुल्चोकमा रहेको लविम मल लगायतका व्यवसायिक घरानाहरु समेत रहेका छन् । यिनीहरुले २०६२ सालदेखिको कर तिरेका छैनन् । यसरी कर नतिर्नेहरुको नामावली तर प्रस्तुत गरिएको छ । 
१. लबीम मल 
 
२. साझा यातायात
 
३. कर्मचारी सञ्चय कोष
 
४. पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिज 
 
५. विगमार्ट सुपर मार्केट
 
६. सेल्सबेरी डिपार्टमेन्टल स्टोर 
 
७. गुण सिनेमा 
 
८. नारायणी होटल
 
९. ओएसिस होटल
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ