arrow

पत्रकार महासंघका तीन पदाधिकारीले दिए उजुरी

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ माघ २६ बुधबार
FNJ.jpeg

रुकुम । पत्रकार महासंघ रुकुमका तीन पदाधिकारीले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । महासंघको सदस्यता सिफारिस गर्दा रुकुममा गैर पत्रकारलाई सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियनबाट महासंघमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष आदर्श केसी, कोषाध्यक्ष लक्ष्मण केसी र सदस्य प्रविर ददेलले केन्द्रीय कार्यालयमा उजुरु दर्ता गराएका हुन् ।

श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले संस्थाको मर्यादा, गरिमा र न्यूनतम मूल्य मान्यतालाई समेत ध्यान नदिएर सदस्यता वितरण गर्ने कार्य गर्नु विधि, विधान र नियम विपरीत भन्दै पदाधिकारी सहित केन्द्रीय पार्षद कृष्णप्रसाद गौतम र राजु लामीछानेले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको कोषाध्यक्ष केसीले जानकारी दिए ।

उनीहरुले गएको भदौ २६ गते महासंघको बैठकबाट टुंगो लगाइएका व्यक्तिलाई सदस्यता दिनुपर्ने र फर्जि एवं नक्कली माइनुट बनाएर सिफारिसको लागि पठाइएको विवरणलाई रोक्न माग गर्दै महासंघको केन्द्रीय कार्यालयम उजुरी दर्ता गराएको बताएको छ । यस्तै नेपाल पत्रकार महासंघ रुकुमको कार्यालयमा तीन दिन अघि लगाएको ताला अझै खुलेको छैन । महासंघको नयाँ सदस्यता सिफारिस गर्दा गैर पत्रकारलाई फर्जि सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन रुकुमले महासंघको कार्यालयमा लगाएको ताला झुन्डिएकै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ