arrow

सवै जिल्लामा विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा हुने

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
health-ministry.jpeg
काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन गर्न आवश्यक सवै व्यवस्था गरेको छ । अहिले सम्मपनि विषेशज्ञ चिकित्सक नभएका र आकस्मीक शल्यक्रिया सेवा नभएका ३० ओटा जिल्ला अस्पतालहरुमा यी सेवाहरु सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको हो ।  फागुन १ देखि १३ ओटा जिल्ला अस्पतालहरुमा सुरु हुने र बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
१ गते देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङमा रहेका छन् ।
 
स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरिय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाएका हुन्  । मन्त्रालयको निर्णय अनुसार, अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । 
 
अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने उनले बताए  । सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गरिने भएको छ । 
 
मन्त्रालयको यो निर्णयसँगै चाडै नै देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ