arrow

पाकिस्तानमा शाहरुखको 'रईस' चल्न नदिनुका तीन कारण

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
raeese-sha.jpeg
एजेन्सी । पाकिस्तान सेन्सर बोर्डले  'रईस' को रिलीजमा रोक लगाएको छ । रोकसँगै चलचित्रका निर्देशक राहुल ढोलकिया बोर्डको सो निर्णयबाट निकै हताश भएका छन् । उनले आफ्नो रिस  जाहिर गर्दै  ट्वीट गरेका छन् । पाकिस्तानमा रईसको पर्खाइमा रहेका दर्शकले पनि पाकिस्तान सेन्सर बोर्डको निर्णय गलत रहेको बताएका छन् । 
 
सेन्सर बोर्डले चलचित्रमा रोक लगाउनुमा इस्लामहरुलाई गलत छवि दिखाईएको छ । बोर्डले चलचित्रमा मुसलमानलाई अपराधी र आतंकवादीको  रूपमा पनि देखाएको जनाएको छ । यस बाहेक बोर्डका चेयर म्यान मुबाशीर हसन खान र अन्य सदस्यले 'रईस' चल्न नदिनुमा निम्न कारण देखाएका छन् । 
 
१. पाकिस्तान,  इस्लामिक देशमा रक्सीको बिक्रीमा रोक छ , चलचित्रमा शाहरुख खान एक मुस्लिम रक्सी तस्करको भुमिकामा रहेका छन् । त्यसैले पाकिस्तानी दर्शकको लागि यो अस्वीकार्य छ।
 
२. रईस एक मुस्लिम हो र अन्डरवर्ल्डसँग उसको सम्बन्ध छ , यो नकरात्मक भुमिका हो ।
 
३. चलचित्रमा देखाइएको सुन तस्करको एक सीन सेन्सर बोर्डलाई अमान्य  छ । प्रश्न एक दुई सिनको एडिट गर्नुमा मात्र रहेको छैन , यस्ता यति धेरै सिन छन् जुन माथि आपत्ति छ । त्यसैले चलचित्रलाई पास गर्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ