arrow

बझाङका ६ औषधी पसलमा प्रशासनको ताला

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ माघ २६ बुधबार
nakkali-doctor.jpeg
 बझाङ। कानुन विपरीत औषधि पसल संचालन गरे पछि यहाँका ६ वटा औषधि पसलमा बुधबार प्रशासनले ताला लगाएको छ । मंगलबार भगवती हेल्थ क्लीनिकले तिन दिने स्वास्थ्य शिवीरसंचालन गरे पछि जिल्ला प्रशासनको टोलीले भगवती मेडीकल सहीत अन्य मेडीकलहरुमा निरीक्षण गरेको थियो । सदरमुकाम चैनपुरमासंचालन भएका ६ वटा मेडीकल पसलले अबैधानीक रुपमा  औषधि पसलसंचालन गरेको पाई पछि मेडीकलमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ ।
 
 प्रशासनले ताला लगाएका मेडीकलहरुमा समीत राज धामीले संचालन गरेको भगवती मेडीकल , विश्व प्रकास वेठारालेसंचालन गरेको न्यु चैन मेडीकल, जनक सिहँलेसंचालन गरेको कालीका मेडीकल, अमीसा अस्पतालले संचालन गरेको औषधि पसल, सुर्मा देवी फार्मेसी, र जितेन्द्र मेडिकलमा ताला लगाएको छ ।  
 
भगवती मेडिकलसंचालन गर्दै आएका भारतको कल्कत्ता  घर भएका नक्कली डाक्टर प्रणय मण्डल प्रशासनको निरिक्षण पनि फरार भएका छन् । जिल्ला प्रशासन कार्यालय सहीत जिल्ला स्वास्थ्य कार्यालय र प्रहरी सहीतको टोलीले यि मेडीकलहरुमा ताल लगाएर बन्द गरी सन्चालकहरुलाई कानुनि प्रकृया पुरा गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले जानकारी दिए ।
 
मेडीकल संचालन गरेका सबैको कसैको दर्ता नभएको, कुनै मेडीकल सन्चालकहरुले ग बर्ग को औषधि विक्री गर्नु पर्नेमा ख र क बर्गको औषधि विक्री गरेको, केही मेडीकल सन्चालकहरुको एक ब्यक्तीको नामा दर्ता भएको तर अर्को ब्यक्तीलेसंचालन गरेको भेटीएपछि  थप अनुसन्धान गर्नका लागी मेडीकलमा ताला लगाएर कानुनि रुपमासंचालन गर्न निर्देशन दिएको जिल्ला अस्प्तालका प्रमुख वष्णु खतीवडाले बताए । 
 
चैनपुरमा खुलीयाम अबैधानीक रुपमा यस अघि पनि मेडीकलसंचालन गर्दै आएको भएता पनि प्रशासनले कार्वाही भने पहिलो पटक हो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ