arrow

काठ तास्ने बसिला प्रहार गरी पत्नीको हत्या

गएको महिनमा मात्रै द्वन्द्वग्रस्त सिरियाबाट घर फर्केकी थिइन् शान्ता

logo
किरण न्याैपाने,
प्रकाशित २०७३ माघ २६ बुधबार
dath--rangeli-aa.jpeg

रंगेली । मोरङको सिजुवामा पतिले आफनै पत्नीलाई काठ तास्ने बसिला प्रहार गरेर  हत्या गरेका छन् । झापा भद्रपुर घर भई ससुराली सिजुवा गाविस ६ बस्दै आएका २६ वर्षीय उदय सुतिहारले आफनै २५ वर्षीया पत्नी शान्ता देवी सुतिहारलाई बसिलाले टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।

रक्सीले मातेको सुरमा पत्नीसँग भएको विवादमा सुतिहारले पटक–पटक टाउकोमा बसुलाले काटेका बताइएको छ । टाउको पछाडीको भाग काटिएर सख्त घाइते भएकी शान्ता देवीको जिल्ला अस्पताल रंगेलीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

रक्सी खाएर घरमा दिदीसँग झगडा गर्दा बसिलाले काटेर मारेको मृतकका भाई जोन कर्मकारले बताए । उदय कर्मकारले आठ वर्ष अघि भागि विवाह गरेपछि दुबै जना सिजुवा माईतीमै बस्दै आएका थिए । वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्ष सिरिया बसेर शान्ता भरखरै पुष २८ गते घर फर्किएकी थिएन् ।

सो बेला समेत उदय ससुराली र आफनो घर भद्रपुर दुवै तिर बस्दै आएको थिए । उदय र शान्ताको ५ वर्षको एक छोरी र ३ वर्षको एक छोरा छन् । सिजुवा प्रहरीले उदयलाई नियन्त्रणमा लिएको छ भने मृतक शान्ताको पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाएको छ ।

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 2 people, people standing and outdoor

 

Image may contain: 2 people, outdoor

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ