arrow

अल्जेरियन समूद्रमा भएको दुर्घटनामा दशको मृत्यु

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
ocen.jpg.jpeg
एथेन्स। अल्जेरियाली समुद्रनजिक बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको समाचार छ । सो दुर्घटनामा पाँच बालबालिकासहित कम्तीमा १० आप्रवासीको मृत्यु भएको राज्यद्धारा सञ्चालित समाचार समिति एएनएले जानकारी दिएको छ । यस दुर्घटनाबाट १३ जनालाई उद्धार गरिएको र अन्य दुई जना वेपत्ता भएको आशङ्का गरिएको पनि एएनएले जनाएको छ । 
 
यस दुर्घटनाको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले पुष्टि गरेको छ । यस बर्षको सुरुदेखि हालसम्म युरोपतर्फ पुगेका आप्रवासी र शरणार्थीको सङ्ख्या १० लाख पुगेको बताइएको छ । यसमा पनि ग्रीकमा ठूलो सङ्ख्यामा अर्थात आठ लाख भन्दा बढी व्यक्ति पुगेको बताइएको छ । 
 
गत मङ्गलबार पनि टर्कीको तटीय क्षेत्रमा तीन बालबालिकासहित ११ आप्रवासीको डुङ्गामा डुबेर मृत्यु भएको थियो । यस बर्ष अल्जेरियन समुद्र पारगरेर ग्रीक पुग्ने क्रममा करिब सात सय व्यक्तिको मृत्यु भएको छ । यसरी मृत्यु हुने आप्रवासी र शरणार्थीहरुमा धेरैजसो बालबालिका रहेका बताइएको छ । ती शरणार्थीहरुमा प्रायः जसो सिरियामा जारी द्वन्द्वको कारण देश छोडी भागेकाहरु रहेका बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ