arrow

माओवादी केन्द्रका नेताको तर्कः ‘परिवर्तनका एजेन्डा संस्थागत गर्न हामीले नै जित्नुपर्छ’

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
Maobadi-Kendra.jpeg
पाल्पा । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपानेले परिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक रहेको बताउनुभएको छ । 
 
उनले आगामी जेठ भित्रमा चुनाव हुने भन्दै हिमाल, पहाड र तराईलाई मिलाएर मात्र चुनाव गनुपर्नेमा जोड दिए । 
 
नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँपालिका कमिटीको प्रथम सम्मेलनको बुधबार उद्घाटन गर्दै नेता न्यौपानेले मधेसमा बस्ने नेपालीलाई हेपेर नेपाल अखण्ड नरहने उल्लेख गर्दै कुरा मात्र ठूलो गरेर राष्ट्रवादी नभइने बताए । 
 
उनले सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र माओवादीकै एजेन्डा हो भन्दै यसले जनताको अधिकार स्थापित गर्ने बताए । 
 
यस्तै, माओवादी केन्द्रका पाल्पा इन्चार्ज तथा पोलिटब्यूरो सदस्य वसन्त शर्मा ‘कुशल’ले सङ्घीयताले जनताले मागेको सेवासुविधा गाउँबाटै पाउने अवसर हुने भएकाले परिवर्तनका विरोधी सङ्घीयताबाट डराएको आरोप लगाए । 
 
उनले भने, “सङ्घीयताले गाउँमै जनताले सबैखाले सेवासुविधा पाउँछन्, यसैले गर्दा परिवर्तन विरोधीहरु सङ्घीयतालाई भ्रमित गर्न खोजिरहेका छन् ।” 
 
उनले सङ्घीय नेपाल भएपनि सातवटै प्रदेशभित्र आवतजावत र आर्थिक कारोबार स्वतन्त्र रुपमा गर्न सकिने बताए । 
 
उनले अहिले राजावादी र दक्षिणपन्थीले सङ्घीयताको विरोध गरिरहेको भन्दै सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको विरोध गर्नेहरु जनतालाई अधिकार दिन नचाहने तत्व भएको जिकिर गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ