arrow

करदातालाई ललितपुर उपमहानगरपालिकाको बम्पर अफर, करोडौं फाईदा लिन सकिने

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
lalitpur_sub.jpeg
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले आफ्ना सेवाग्राही तथा करदाताहरुलाई बम्पर अफर ल्याएको छ । उक्त कार्यालयको इतिहासमा नै पहिलोपटक करदाताहरुलाई बम्पर अफर दिईएको उपमहानगरपालिकाका राजश्व विभागका राजश्व महाशाखा प्रमुख डिल्ली शाक्यले जानकारी दिए । 
 
शाक्यले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ (आगामी वर्ष) को वर्ष भरी नै यस्तो योजना अगाडि बढाईनेछ । जसमा वर्षभरी नै कर तिर्नेहरुलाई जरिवाना बापतको सबै रकम निःशुल्क हुनेछ । यदी १० वर्षसम्म कर नतिरेर करोड रुपैयाँसम्म जरिवाना मात्रै तिर्न बाँकी रहेकाहरुले पनि करको दायरामा आएको खण्डमा उनीहरुलाई सबै जरिवाना मिनाहा गर्ने निर्णय नगर परिषद्ले नै गरिसकेको छ । 
 
त्यस्तै, नियमित रुपमा कर तिर्नेहरु र लामो समय कर नतिर्नेहरुलाई पनि तिर्नुपर्ने कूल करमा १० प्रतिशत शुल्क छुट दिने तयारी उपमहानगरपालिकाले गरेको छ । उदाहरणको लागि एक करोड कर तिर्नुपर्ने र १० लाख जरिवाना तिर्नु पर्ने कोही सेवाग्राहीहरुले आउँदो आर्थिक वर्षमा कर तिर्न आए भने उनीहरुले जरिवाना बापतको १० लाख र तिर्नुपर्ने करको १० प्रतिशतले हुन आउने १० लाख छुट समेत गरेर २० लाखसम्म फाईदा गर्न सक्नेछन् । 
 
तर, सो आर्थिक वर्ष भित्र पनि कर नतिर्नेहरुलाई भने अर्काे वर्षदेखि फेरि पुरानै दरमा कर असुली गरिने उपमहानगरपालिकाले जनाएको छ । धेरै करदाताहरु करको दायरामा नआएको अवस्थामा धेरैलाई करको दायरामा ल्याउनको लागि यस्तो व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसो गर्दा उपमहानगरपालिकालाई भने अर्ब भन्दा बढी नै नोक्सान हुने आकलन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ