arrow

आइएसको निशानामा आइसीआरसीका कर्मचारी, छ जनाको हत्या

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
afghastan.jpeg
काबुल । अफगानिस्तानमा आतंकवादी समूह इस्लामिक स्टेट आइएसले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ ।
 
आइएसले कुश तेपा प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका त्यहाँका गभर्नरले जनाएका छन् । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरतर्फ पर्दछ ।
 
आइएस समर्थित लडाकुहरुको समूहले अपहरण गरेका आठ जनामध्ये छ जनाको हत्या गरेको रेडक्रसले जनाएको छ ।
 
कर्मचारीको हत्यापछि रेडक्रसले अफगानिस्तानमा आफ्ना सम्पूर्ण कार्यक्रम अस्थायी रुपमा स्थगित गरेको जनाएको छ ।
 
घटनाका पीडित सबै जना अफगान मुलकै हुन् । 
 
आइएसले सन् २०१५ देखि अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाउँदै लगेको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ