arrow

हेटौंडाको सडक विस्तार रोक्न प्रमुख बदलियो, नयाँ आएकै भोलिपल्ट चल्यो डोजर

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
hetauda-tanab.jpeg
हेटौंडा । अन्ततः हेटौंडाको सडक विस्तारको काम अघि बढेको छ । गत माघ १९ गते उच्च अदालत पाटनको हेटौंडा इजलासले बाटो विस्तारको काम रोक्नु नपर्नै आदेश दिएसँगै बाटो विस्तारको लागि बिहीबार विहान १० बजेदेखि डोजर चलाईएको डिभिजन सडक कार्यालयका प्रवक्ता जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार बिहीबार राप्ती रोड आसपासको क्षेत्रमा डोजर चल्ने भएको हो । 
 
यस विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा दायर भएको छ । सर्वोच्चले यसको बहसको लागि भनेर फाल्गुन २ गतेको लागि पेशी तोकेको छ । सर्वोच्चले आदेश दिनुभन्दा अघि नै बिहीबारदेखि कार्यालयले सडक विस्तारको काम सुरु गरेको हो । तर काम सुरु भएकाे भएपनि टेलिकम अासपासमा टेलिफाेनकाे तार बढी व्यवस्थापन गर्नु पर्ने भएकाेले भाेलिदेखि मात्रै तीब्र रुपमा काम सुरु हुने बताइएकाे छ । 
 
सडक विस्तारको काममा दृढताका साथ काम गरेका यस भन्दा अघिल्ला क्षेत्रीय प्रशासक विनोद केसीलाई सरुवा गरेर सडक विस्तार रोक्न प्रयास गरिए पनि नयाँ प्रशासकका् रुपमा आएका शम्भु कोइरालाले कार्यभार सम्हालेको भोलिपल्टै सडक विस्तारको काम अघि बढेको हो । कोइरालाले बुधबार मात्रै आफ्नो कार्यभार सम्हालेका थिए । 
 
सडक विस्तारको क्रममा सडकको २५ मिटर आसपासका घरहरु भत्काउने विषयमा केही समयदेखि हेटौंडाको स्थिती तनावग्रस्त बन्न पुगेको छ । स्थानीय र प्रशासनबीच मुआब्जाको विषयमा कुरा नमिल्दा महिनादिन भन्दा अघिदेखि हेटौंडा बजार तनावग्रस्त बनेको हो । 
 
हेटौंडा बजारको २५ मिटर आसमासका घरधनीहरुलाई मुआब्जा दिएर मात्रै घर भत्काउन माग गर्दै स्थानीय आन्दोलित भएपनि प्रशासनले गैरकानूनी रुपमा बनेका घरहरुलाई मुआब्जा दिन नसकिने बताएपछि उद्योग वाणिज्य संघ मकवानपुरको अघुवाईमा हेटौंडामा विगत एक मिहनाभन्दा अघिदेखि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । तर सरकारले आन्दोलनका बाबजूतपनि बजार क्षेत्रका घरहरु भत्काउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ