arrow

राप्रपामा श्रेष्ठ निर्विरोध

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
RPP-Nepal.jpg.jpeg
खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्षमा जीवनकुमार श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । आज बिहान सम्पन्न राप्रपा र राप्रपा नेपालको एकतापछिको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । 
 
यसअघि राप्रपाका जिल्ला अध्यक्ष रहनुभएका ललितकुमार राई एकतापछिको अधिवेशनबाट पार्टीको सहअध्यक्ष बन्नुभएको छ । तीन दिनसम्म चलेको अधिवेशनले ५५ सदस्यीय जिल्ला समिति बनाएको राप्रपाले जनाएको छ । 
 
केन्द्रीय महाधिवेशनपछि जिल्ला समितिको अन्य पदाधिकारी छनोट गरिने राप्रपाले जनाएको छ । अधिवेशनले क्षेत्र नं १ मा मोतीचन्द्र राईको अध्यक्षतामा र क्षेत्र नं २ मा नीर चाम्लिङको अध्यक्षतामा २१÷२१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । 
 
अधिवेशनले जिल्ला समितिबाट नौजना, दुई निर्वाचन क्षेत्रबाट नौ÷नौ र दिक्तेल नगर समितिबाट दुईजना गरी २९ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । राप्रपाको जिल्ला कार्य समितिबाट अध्यक्ष श्रेष्ठ, सहअध्यक्ष राई, सदस्यहरु चन्द्रसिं बस्नेत, प्रेमकुमारी राई, प्रताप राई, केशरमान कामी, ताराकुमार थापा, गुणराज भण्डारी र रामचन्द्र भट्टराईलाई महाधिवेशन प्रतिनिधि छानेको छ । 
 
क्षेत्र नं १ बाट धर्मराज पोखरेल, विजयकला राई, जगदीश राजभण्डारी, विष्णु गिरी, ज्ञानबहादुर राई, सीता राई, मोहितराम राई र भीमबहादुर विश्वकर्मा तथा क्षेत्र नं २ बाट नीर चाम्लिङ, अर्जुन राई, रविन चाम्लिङ, अमर केसी, कृष्णकुमारी राई, बर्जमान राई, जौडीमान दर्जी, मिनुहाङ राई, इन्द्रबहादुर राई र शुभकुमार राई महाधिवेशन प्रतिनिधिमा छानिनुभएकोे छ । दिक्तेल नगरपालिकाबाट सीताराम राई र चन्द्रकुमारी राई (तारा) महाधिवेशन प्रतिनिधि बन्नुभएको राप्रपाले जनाएको छ । आगामी फागुन ६ गतेदेखि हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशन गरिएको जनाइएको छ । 
 
केन्द्रमा तत्कालीन राप्रपा र राप्रपा नेपालबीच मङ्सिर ६ गते एकीकरण घोषणा भए पनि जिल्लामा भने पुस २ गते घोषणा भएको थियो । दुई राप्रपाको एकतापछिको अधिवेशन मङ्गलबार राप्रपाका सहमहामन्त्री अर्जुन राईले उद्घाटन गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ