arrow

आकस्मिक रुपमा बस्यो मन्त्रिपरिषद्

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
baluwatarma-kyabinet.jpeg

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । विहिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरे अनुसार दुवै आयोगको कार्यकाल म्याद समाप्त भएको मितिले एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

सरकारले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य मानवअधिकार उल्लंघनका घटनाको छानविन गर्न र पीडितलाई न्याय दिन भनि गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगको वुधबार र वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगको म्याद विहिबार सकिएको हो । शान्तिमन्त्रालयले सत्य निरुपण आयोगले म्याद थपको सिफारिस पठाउन ढिलाई गरेकाले समयमै म्याद थप गर्न नसकिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ