arrow

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
accident-final.jpeg
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । 
 
गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । 
 
यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । 
 
घाइते चालक मोहनको आँखा, निधार र छातीमा तथा सागरको टाउको, आँखा र खुट्टामा चोट रहेको छ । 
 
घाइते तीनैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ । 
 
महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । 
 
बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ