arrow

‘भ्यालेन्टाइन डे’ विशेषमा भ्यालेन्टाइन पो सार्वजनिक

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
valentine.jpeg
काठमाडौँ । ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन् । 
 
नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले पप, आधुनिक ‘विल यू बी माई भ्यालेन्टाइन’ बोलको गीत सार्वजनिक गरेका हुन् । 
 
उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न सकिन्छ । 
 
गायक जोहेबको नै शब्द र सङ्गीत रहेको यस गीतमा राजु सबक र रचिता क्षेत्रीको अभिनय रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ