arrow

शुक्रबारदेखि मोरङ मालपोत अनलाईनमा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २८ शुक्रबार
malpot.jpg.jpeg
विराटनगर । छिटो छरितो एंव पारदर्शी रुपमा सेवा प्रदानगर्न शुक्रबारदेखी विराटनगर स्थित जिल्ला मालपोत कार्यालय मोरङमा अनलाइनसेवा संचालनमा आएको छ । भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एक कार्यक्रमका विच सेवाको शुभारम्भ गरे  । पहिलो चरणमा पाँचवटा गाउँ विकास समितिमा अनलाईन मार्फत् सेवा शुरु गरेको हो । 
 
बुुधनगर, मझारे, सिसवनी, वडहरा, नोचा तथा पोखरीया गाउँ विकास समितिका सेवाग्राहीहरुले अनलाइन सेवा मार्फत् जग्गा सम्वन्धि सेवाहरु पाउने छन् । मोरङ जिल्लाका एक उपमहानगरपालिका  सहित २८ वटा गाउ विकास समितिमा सेवा पु¥याउदै आएकोमा पहिलो चरणमा पाचवटा गाउ विकास समितिमा सेवा विस्तार गरिएको हो ।
 
बाँकी गाउँ विकास समितिमा पनि यसै आर्थिकवर्षदेखि अनलाइन सेवा संचालनमा आउने सो कार्यालयले जनाएको छ । सेवा संचालनमा आएपछि जग्गापास, जग्गा लिखत तथा घरमा वसेर सहज रुपले आफनो नाममा रहेको जग्गाको विवरण हेर्न सकिने छ । यस अघि काठमाण्डौ सहित अन्य १२ वटा जिल्लाका मालपोत कार्यालयहरुमा अनलाईन सेवा संचालनमा आईसकेका छन । 
 
कार्यालयले विभिन्न सेवा अन्तर्गत एकदर्जन कम्पुटर राखेर सेवा शुरु गरेको मालपोत कार्यालयका प्रमुख खरुदेव चुडालले वताए । कार्यक्रममा बोल्दै सचिव देवकोटाले सेवालाई प्रभावकारी बनाउन मुलुकभरीका मालपोत कार्यालयमा अनलाइन सेवा संचालन प्रक्रियमा मन्त्रालय लागिरहेको बताए । 
 
भुमिसुधार व्यवस्था विभागका महानिर्देशक टिकाराम घिमिरेले अनलाइन सेवाले जग्गा सम्वन्धि किर्ते तथा जालसाची जस्ता काम नियन्त्रणमा आउने बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले कर्मचारीहरुले अव छिटोभन्दा छिटो रुपमा जनतालाई सेवा दिनुपर्नेमा जोड दिए । कार्यक्रमा बुधनगरा गाउँ विकास समितिका रामदेव मण्डल र रेवतीदेवी मण्डललाई अनलाइनसेवावाट सेवा प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ