arrow

सरकारको औचित्य समाप्त हुदैछ : उपाध्यक्ष रावल

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Bhim-rawal.gif.gif
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने,यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन्।’
 
प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार संक्रमणकालिन सरकार भएकोले चुनाव गर्न नसके र संविधान कार्यान्वयन गर्न पनि नसके सरकारको कुनै औचित्य नै नहुने बताएका हुन्। उनले भने,चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयनपनि गर्न नसकेपछि यो सरकारको के काम?’
 
पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले वर्तमान सरकार संविधान कार्यान्वयनको लागि उदासिन बनेको समेत आरोप लगाए। उनले थपे,बैशाखभित्रै चुनाव गर्नेगरि निर्वाचनको मिति घोषणा गर्नुपर्छ, हामीले प्रधानमन्त्रीजीलाई भेट्दाखेरि बारम्बार यही कुरा आग्रह गरेका छौं।’ उनले बिना कारण १५ दिनसम्म व्यवस्थापिका–संसदको बैठक स्थगित् गर्नु दुःखदायी भएको टिप्पणी गर्दै भने,यो सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन प्रस्ताव ल्याउँदा हामीले त्यसको विरोधमा संसद अवरोध गर्दा चुनाव हुन नदिने भनेर हामीलाई आरोप लगायो, तर अहिले विना कारण संसद बैठक स्थगित् गर्नुको रहस्य के हो?’
 
उनले प्रधानमन्त्रीले आफूहरुसँगको भेटमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएपनि आफूहरु अझैपनि ढुक्क भई नसकेको जिकिर गरे। रावलले भने,उहाँले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर हामीसँगको भेटमा भन्नुभएको छ, तर हामी अझैपनि ढुक्क छैनौं, यति हुँदापनि हामी चुनावको मिति घोषणा चाँडै होस् भन्ने प्रतिक्षामा छौं।’
 
उनले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको समेत बताए। उनले भने,चुनावको मिति घोषणा हुन्छ भने हामी संशोधन प्रस्तावलाई छलफल गर्न दिन्छौं, तर हामी यो देश र जनताको हित विपरित आएको प्रस्तावलाई असफल बनाएर चुनावमा जान्छौ, यो प्रस्ताव सदनबाट पारित हुने कुनै आधार छैन, यसलाई एमालेले असफल बनाएर देखाईदिन्छं।’
 
रावलले मधेशी मोर्चा लगायत अन्य दलहरुसँगपनि छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नको लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने जनाए। रावलले भने,साझा राष्ट्रिय समस्यालाई समाधान गरौं भन्ने हाम्रो प्रयत्न हो, हामी सबै दलहरुसँग मुलुकको स्वाभिमान, राष्ट्रिय एकता, अखण्डतालाई कसरी मजबुत बनाउन सकिन्छ भनेर वार्ता तथा छलफल गर्न तयार छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ