arrow

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Bidhya.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । 
 
प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार पारित गरेको सो कार्यालयले जनाएको छ । 
 
उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ