arrow

फुटसल समितिले पायो पूर्णता, को को बने सदस्य ? (नामावली सहित)

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
anfa.jpeg
काठमाडौं । फुटसल समितिले पूर्णता पाएको छ । गत पुष २६ गते गठन भएको फुटसल समितिका सभापतिलाई २१ दिनभित्र समितिका अन्य सदस्यहरु चयन गर्ने जिम्मेवारी दिईएकोमा शुक्रबार मात्रै  समितिले पूर्णता पाएको हो । 
 
आगामी कात्तिक महिनासम्मको समयावधि रहेको कार्यसमितिमा शुक्रबार एक उपाध्यक्ष र ३ सदस्य थप गरिएको हो । यसरी थप गरिएकाहरु मध्ये उपाध्यक्षको रुपमा लोक बहादुर शाहीलाई चयन गरिएको छ । त्यस्तैगरी सदस्यहरुमा अञ्जु भट्टराई, हेमु थापा र विनोद गुरुङ लाई चयन गरिएको अध्यक्ष रमेश रायमाझीले जानकारी दिए । 
 
फुटसल समिति अखिल नेपाल फुटबल संघकै एउटा स्थायी समितिको रुपमा गठन गरिएको हो । यसले देशभर फुटसल प्रतियोगिताहरु गर्ने तथा यसको व्यवस्थापनको लागि काम गर्ने अध्यक्ष रायमाझीले जानकारी दिए । 
 
उनका अनुसार उसको संयोजक अर्थात् अध्यक्ष कार्यसमितिमध्यबाट नै चयन गरिन्छ भने अन्य सदस्यहरु भने सम्बिन्धित क्षेत्रमा ख्याती प्राप्त व्यक्तिबाट चयन गरिने छ । एन्फामा नयाँ नेतृत्व आएपछि यसमा पनि नयाँ नेतृत्व आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ