arrow

अक्षयको 'जोली एलएलबी-२' रिलिज, बलिउडमा धमाका मच्चाउने दाउ

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
jolly_llb2_1486705736.jpeg
चलचित्रः जोली एलएलबी-२
रेटिङः ३/५ स्टार
निर्देशकः सुभाष कपूर
मुख्य कलाकार: अक्षय कुमार, हुमा कुरेशी, सौरभ शुक्ला,अन्नू कपूर, सयानी गुप्ता
 
एजेन्सी । अक्षय कुमारको 'जोली एलएलबी-२' ले बलिउडमा धमाका मच्चाउने दाउ रहेको बताइएको छ । रेटिङमा पनि राईस भन्दा माथि रहेको चलचित्रमा अक्षयको दमदार अभिनय र सामाजिक बिषय बस्तुलाई उजागर गरेको छ । जोली एलएलबी-२, सन् २०१३ मा रिलिज भएको चलचित्र जोली एलएल.बी को सिक्वेल हो ।    चलचित्र निर्देशक सुभाष कपूरले चलचित्रमा सामाजिक बिषय बस्तुलाई राम्रोसँग उठाएका छन् । सुभासले फस गए रे ओबाना , जोली एलएल.बी जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।  
 
कथा
लखनऊमा बस्ने जगदीश्वर मिश्रा जोली (अक्षय कुमार) एक वकील हुन्छन् । उनको कोर्टमा आफ्नै चैम्बर होस् भन्ने चहाना हुन्छ । उनि श्रीमति  पुष्पा पाण्डे (हुमा कुरेशी) र छोरासँग खुशिसँग जिन्दगी बिताइरहेका हुन्छन् । उनिहरुको जिवनमा हिना सिद्दीकी (सयानी गुप्ता) को एन्ट्री हुन्छ जसको श्रीमान् प्रहरी इन्काउन्टरमा मारिएको हुन्छन् । हिनाको वकील बनेर  जोली  इन्काउन्टरको केस लड्न तयार हुन्छ । अब उसले के यो केस जित्छ ? त्यसको लागि चलचित्र हेर्नुपर्ने हुन्छ  । 
 
निर्देशन 
सुभाष कपूरले निर्देशन गरेको चलचित्र निकै राम्रो रहेको छ । उनले  लखनऊ र बनारसको बास्तविक लोकेशन्समा चलचित्रको सुटिङ गरेका छन् । चलचित्रमा कमेडी र सामाजिक मुद्दालाई राम्रसँग उठाइएको छ । चलचित्रको अर्को विशेषता डाइलग हो । चलचित्र तपाईलाई वास्तविक र एन्टरटेनिङग लाग्नेछ । 
 
अभिनय
चलचित्रमा अक्षय कुमारको अभिनयलाई  तारीफ गर्नै पर्ने हुन्छ । जसले चलचित्रलाई शानदार रुपमा प्रस्तुत गरेका छन् । अक्षयको लखनवी र वकीलको भेषले दर्शकलाई लोभ्याउनेछ । उनले आफ्नो कमेडी र गम्भीरताले तपाईलाई इम्प्रेस गर्नेछन् ।  जोलीको श्रीमतिको भुमिकामा हुमा कुरेशी छन् भने जर्ज सुन्दरलाल त्रिपाठीको भुमिकामा सौरभ शुक्ला रहेका छन् । त्यस्तै अनु कपूर, सयानी गुप्ता सबै कलाकार आफ्नो भुमिकामा निपुर्ण छन् । 
 
गीत
चलचित्रमा ४ वटा गीत रहेका छन् । जसको कथासँग राम्रो तालमेल रहेको छ । कुनै पनि गीतलाई चलचित्रमा जबरजस्ती राखिएको छैन ।    
 
अरशद वारसी अभिनित जोली एलएल.बी’ जस्तै यो चलचित्र पनि तपाईलाई मन पर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ