arrow

नेपालमा सुरक्षा चुनौती बढ्दै गएको छ : प्रधानसेनापति

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Rajendra-xetri.jpeg
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालमा पछिल्लो समय सुरक्षा चुनौती बढ्दै गएको बताएका छन् । शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भएको ‘रक्षा र कुटनीतिको माध्यमबाट राष्ट्रिय सुरक्षा अभिवृद्धि’ विषयक एक दिने सम्मेलनमा प्रधानसेनापति क्षत्रीले सुरक्षाबारे गम्भीर चासो व्यक्त गरेका हुन् । 
 
सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले रक्षा र कुटनीतिले राष्ट्रिय सुरक्षा अभिबृद्धिमा खेल्न सक्ने भूमिकाको बारेमा आफ्नो मन्तव्य राख्ने क्रममा परम्परागत सुरक्षा चुनौति भन्दा फरक खालका चुनौतिहरुका कारण आन्तरिक सुरक्षा चुनौतिहरु बढ्दै गएको बताएका हुन् । उनले यस्ता जटिल चुनौतिहरुलाई सामना गर्न एकिकृत प्रयास आवश्यक रहेको बताउँदै कुटनीति एउटा अति महत्वपूर्ण माध्यम रहेको समेत बताए । 
 
तीन चरणमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहभागीहरुले नेपालको सन्दर्भमा कुटनीतिक अभ्यास तथा चुनौतिको विषयमा छलफल गरेका थिए । त्यस्तै दोस्रो चरणमा नेपालको सन्दर्भमा सैनिक कुटनीतिको बारेमा छलफल भएको थियो र तेस्रो चरणमा राष्ट्रिय सुरक्षामा रक्षा तथा कुटनीतिक भूमिकाको बारेमा छलफल भएको थियो । 
 
सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा वुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ