arrow

उग्र राष्ट्रवाद र मधेशवादले जातीय द्धन्द निम्त्याउंछ - डा. कोइराला

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७३ माघ २९ शनिबार
Shekhar-koirala.jpeg
कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमालेको उग्र राष्ट्रवाद र मधेशी मोर्चाको उग्र मधेशवादले जातीय द्धन्द निम्त्याउंने बताएका छन् । एमालेले उग्र राष्ट्रबादका कुरा गरी मधेशी समुदायलाई चिड्याउने काम गरेको र मधेशी मोर्चाले पनि निरपेक्ष रुपमा मधेशीकै मात्र कुरा गरेर जातीयतालाई प्रश्रय दिइरहेको उनको ठहर छ । 
 
एमाले नेताहरुलाई इङ्कित गर्दै कोइरालाले आफूलाई राष्ट्रियताको धरोहर ठान्ने र राष्ट्रियताको कुरा गर्नेहरुले नै वास्तविक राष्ट्रियता के हो भन्ने कुरा बुझन नसकेको आरोप लगाए  । नेपाली कांग्रेस क्षेत्र नम्बर २ कपिलवस्तुको आयोजनामा शुक्रबार डुमरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको संशोधित प्रस्ताव पारित भएमा आफूहरुलाई मान्य हुने मधेशी मोर्चाले संकेत गरिरहेको वर्तमान अवस्थामा जातीय द्धन्द ननिम्त्याउन एमाले सहमतीमा आउनु पर्ने बताए ।  
 
“व्यवस्थापिका संसदमा दर्ता भएको कुनै पनि प्रस्तावमा पक्ष विपक्षमा छलफल हुने, मतदान हुने र बहुमतले पारित गर्ने या बहुमतले फेल गर्ने व्यवस्था हुंदा हुंदै प्रस्तावको विषयमा छलफल नै हुन नदिने बतावरण बनाएर एमालले अलोकतान्त्रिक काम गरेको छ”, उनले भने  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ