arrow

'सुशील दा'लार्इ यसरी सम्झिए कतारबासीले

logo
चिरन्जिबी तिम्सिना
प्रकाशित २०७३ माघ २९ शनिबार
Sushil_koirala_katar.jpeg

कतार । नेपाली जन सम्पर्क समिति कतारले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम वार्षिक पुन्य तिथी दोहामा भव्यताका साथ मनाएका छन् । संस्थाका संस्थापक सभापति नरेन्द्र भाटको प्रमुख आतिथ्यता तथा सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा स्वर्गीय नेताको फोटोमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्दै राष्ट्रिय गान साथै ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रमलाई सबोधन गर्दै प्रमुख अथिती नरेन्द्र भाटले सुशील कोइरालाको जीवन सादगी र कर्तब्य पथमा  बिना थकावट लागि रहने र पार्टी प्रति इमान्दार, जस्तो सुकै असहज परिस्थितिमा पनि धैर्यताले काम गर्ने नेताको रुपमा चित्रण गर्दै उनको यहि गुणले गर्दा नै पटक-पटक को अथक प्रयासबाट देशले लोकतान्त्रिक संबिधान पाएको र इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिएको बताए।

स्वर्गीय कोइरालाको जीवनी माथि संस्थाका संस्थापक सल्लाकार एवम् नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि क्रान्ति सिंहले कोइरालाको संघर्षशील जीवनको ब्याख्या गर्दै देश र जनाताको लागि लोकतान्त्रिक संबिधान दिएर ठुलो योग्दान पुगेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ