arrow

'राजनीतिक अस्थिरताको प्रत्यक्ष मार व्यवसायीमा'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ २९ शनिबार
syanga_ccn.jpeg
स्याङ्जा । उद्योगी व्यावसायीहरुले राजनीतिक अस्थिरताका कारण व्यावसाय धरापमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लामो समय राजनीतिले स्थायीत्व नपाउदा मुलुकको एकमात्र आर्थिक धरोहरको रुपमा रहेको नीजि क्षेत्र ओरालो लागेको भन्दै व्यावसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३५ औं बार्षिक साधरणसभामा वोल्ने व्यावसायीहरुले राजनीतिक संक्रमणले व्यावसाय धरापमा पर्न थालेको बताएका हुन् । 
 
आर्थिक मेरुदण्डको रुपमा हेरिएको नीजि क्षेत्रलाई समेत निर्वाधरुपमा व्यवसाय संचालन गर्न नपाउनु दुःखद भएको व्यावसायीहरुको गुनासो छ । चन्दा, नेपाल बन्द जस्ता आन्दोलनले पिल्सिएका व्यावसायीहरुको सरकारले मर्का नबुझिदिदा व्यावसायीहरु मर्कामा परेको गुनासो उनीहरुको छ । 
 
लामो समय स्थानीय निकायको निर्वाचन नहुदा नीजि क्षेत्रले स्थानीयतहको समेत भुमिका बहन गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए । छिटो भन्दा छिटो निर्वाचनको मिति तोकेर मुलुकलाई राजनीतिक स्थायीत्व दिन पनि ढकालले आग्रह गरे । अझै पनि दुई बर्गबीचको दुरी कम हुन नसकेको बताउदै करको दायरा बनाउनु पर्नेमा ढकालको जोड थियो ।  
 
जहिले पनि राजनीतिक आन्दोलनको चपेटामा नीजि क्षेत्र पर्दै आएको बताउदै पुर्व अध्यक्ष ढकालले सबै व्यावसायीले निर्वाधरुपले व्यावसाय संचालन गर्न पाउने वातावरण बनाउन सरकार सगँ आग्रह गरे । मुलुकको आर्थिक र सामाजिक विकासमा नीजि क्षेत्रले खेलेको भुमिकाको चर्चा गर्दै ढकालले छिटो भन्दा छिटो राजनीतिक अस्थिरता अन्त्य होस भन्ने चाहाना महासंघको रहेको बताए । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, महासंघका केन्द्रीय सदस्यहरु दिपक लम्साल, सेखर गोल्छा  र दिलसुन्दर श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्मा,  जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र गौतम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बिश्वकर्मा लगायतले उद्योग बिस्तारगरी आय आर्जनतर्फ अग्रसर गराउनु पर्नेमा जोड दिएका थिए । अव नीजि क्षेत्रले आधुनिक कृषि प्रणालीलाई सुधार गरी ग्रामिण क्षेत्रको आर्थिक उन्नतीका लागि अगाडी बढ्नुपर्ने बेला आएको बताएका थिए । 
 
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, महासचिव हिक्मत श्रेष्ठले संघको भावी राणनीति र कार्यदिशाको विवरण पेश गरेका थिए । व्यवसायी हकहितका निम्ति यो राणनीति र कार्यदिशाले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ