arrow

एमालेले विखण्डनको बीउ रोप्यो : निधि

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
nidhi-spastikaran-news-a.jpeg

दोलखा । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले देशमा विखण्डनको विऊ रोपेको आरोप लगाएका छन् ।  संविधान जारी गर्दापनि एमाले बाधक रहेको स्मरण गर्दै निधिले अहिले कार्यान्व्यनको चरणमा पनि एमालेले बखेडा झिकेको उल्लेख गरे ।

नेपाल प्रेस युनियनको बागमति अञ्चलस्तरीय क्षेत्रीय भेलालाई दोलखा सदरमुकाम चरिकोटमा संवोधन गर्दै उपप्रधानमन्त्री निधिले संविधान जारी गरेपछि केपी ओली प्रधानमन्त्री बन्ने सर्तमा मात्रै त्यतिबेला संविधान जारी गर्न एमालेले दिएको बताए ।

अहिले पनि एमालेलाई सत्ता चाहिएको भए वर्तमान सरकार वार्ता गर्न तयार रहेको स्पष्ट गर्दै सवैको सहमति जुटाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्न बाधक नबन्ने पनि बताए । एमालेले पछिल्लो समय निर्वाचनको कुरा गरेर संविधान संशोधनको एजेण्डालाई बाइपास गर्न खोजेको पनि टिप्पणी गरे ।

निधिले संविधान संशोधनको विषय टुंगो लागेपछि निर्वाचन हुने बताउँदै एमालेलाई  दाहोरो चरित्र नदेखाउन सुझाव पनि दिए । मधेस र मधेसी जनतालाई विदेशी भनेर एमालेले गरेको चित्रण प्रति टिप्पणी गर्दै मधेसमा बस्ने जनतालाई सच्चा राष्ट्रवादी भएको बताउँदै निधिले एक पटक सप्तरीको तिलाठी घटना स्मरण गर्न पनि अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ