arrow

कालीकोट विमानस्थलमा परीक्षण उडान, मन्त्री शाहीको प्रतिवद्धता पूरा

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
kotwada-kalikot.jpeg

कालीकोट । ३१ वर्षअघि निर्माण शुरु भएको कोटवाडा सुनथराली विमानस्थलबाट शनिबार परीक्षण उडान भएको छ । जीवनबहादुर शाही नागरिक उड्ययन मन्त्री मन्त्री भएसँगै कर्णालीमा नयाँ खुशी छाएको हो । मन्त्री शाहीले मन्त्रीभए लगत्तै कालीकोट पुगेर विमानस्थलको निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।  कोटवाडा सुनथराली विमानस्थलमा शनिबार तारा यएरको नाइन एन–एबीएम ट्वीनअर्टर विमानले परीक्षण उडान गरेको हो ।

विमानस्थलमा तारा एयरका चालक सन्तोष शाहले विमान सफल अवतरण गराए ।  शनिबारको परीक्षण उडानमा नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री, मन्त्रीको नीजि सचिवालयका सहायक प्रशासक दमनबहादुर शाहीलगायले नेपालगन्जदेखि कोटवाडा पुगे ।

नवनिर्मित कोटवाडा विमानस्थलमा विमान अवतरण पछि सञ्चारकर्मीसंग विमान चालक सन्तोष शाहले विमानस्थलमा आवश्यक भौगोलिक वनाबट उपयुक्त भएको भन्दै खुशी जनाए  । विमानस्थलमा चालक दलका सदस्यसहित पाहुनालाई कालीकोटबासीले फूलमाला र अविरले स्वागत गरेका थिए । पहिलो पटक विमान अवतरण हुने पूर्व जानकारी पाएका कालीकोटका स्थानीयबासी ठूलो संख्यामा जम्मा भएका थिए ।

विमानस्थल निर्माण भए पनि विमानस्थलमा बाटोको पहुँच नभएको भन्दै त्यसका लागि राज्यले तत्काल खुलालुदेखि एयरपोर्टसम्मको मोटर बाटोनिर्माणका लागि बजेट विनियोजन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । परीक्षण उडान अघि ३ पटक मन्त्री शाहीले विमानस्थलको निरीक्षण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ