arrow

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भलाकुसारी

निर्वाचनको मिति र संविधान संशोधनमै टेन्सन

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
prachanda-deuba.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति भेटवार्ता भएको छ । 
 
उनीहरुबीच अन्य दलसँगको परामर्शमा निर्वाचनको मिति तय र संविधान संशोधनबारे कसरी सहमति जुटाउन सकिन्छ भन्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
 
गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव र महान्यायाधिवक्तासमेत सहभागी छलफलमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा पनि कुराकानी भएको बुझिएको छ । 
 
सम्भवतः आइबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा ती विषयमा छलफल हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ