arrow

डिएनएको सवालमा बाझियो विज्ञ र अदालतको मत !

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
suprem-court.jpeg
काठमाडौ । सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको छ । अंशसम्बन्धी एक मुद्दामा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले डिएनए परीक्षण प्रतिवेदन शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको हो ।
 
अदालतले अन्य प्रमाणको आधारमा पनि अंश दिन सकिने नजिर स्थापना गरेको छ ।
 
तर यसका जानकारहरुले डिएनए गलत मान्नु अदालतले विज्ञानमाथि गरेको अन्याय रहेको आरोप लगाएका छन् । कुनै ल्याबको गल्ती हुन सक्छ तर डिएनए गल्ती हुदैन । 
 
अदालतलाई शंका लागेमा अर्को ल्याबमा परीक्षण हुन सक्थ्यो । कि त नेपाल बाहिर नै पठाउनुपर्थ्र्यो । डिएनएलाई आधार मानिदैन भन्न मिल्दैन ।’ त्रिभुवन विश्वविद्यालयका मोलिकुलर बायोलोजीका सह प्राध्यापक गिरी त्रिपाठीले भने – ‘संसारमा सबैभन्दा विश्वासिलो र भरपर्दो डिएनए नै हो । प्लास्टिक सर्जरीले बाहिरी आकृति परिवर्तन गर्न सक्छ तर डिएनएले केही परिवर्तन गर्न सक्दैन ।’
नागरिक दैनिकबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ