arrow

शुक्रबार राति त्रिभुवन विमानस्थलबाट मलेसियाली नागरिक पक्राउ

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
TIA.jpeg
काठमाडौं । विभिन्न देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरिक केसमिन्दर हिंगे मिलकित सिंह शुक्रबाार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 
 
मलेसियन एयर बाट मलेसिया जान लागेका सिंहले सुटकेसमा ६ हजार ७ सय अमेरिकी डलर, १ हजार ९ सय पाउण्ड, २ हजार ८ सय सिंगापुर डलर, ५ सय अष्ट्रेलियन डलर, ९ हजार ७ सय ५५ दिराम, ७३ हजार ५ सय भारु, ३० हजार ४ सय ९० मलेसियन रिंगेट र ४७ हजार नेपाली रुपैयाँ लुकाएर लैजान लागेका सिंह विमानस्थलबाट पक्राउ परेका हुन् ।
 
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पाेष्टबाट
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ