arrow

कृषि सडक सञ्चालित

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सडक उद्घाटन गरे । 
 
जिविसको अनुदान सहयोगमा उपभोक्ता समितिको अगुवाइमा सिराडी माउलेख जिल्ली कृषि सडक निर्माण निर्माण भएको समितिका अध्यक्ष मदनराज पण्डितले बताए । 
 
सिराडी– माउलेख– जिल्ली कृषि सडक बनेपछि शनिबार से१ज ३१० र से१ज ९१९ नंका दुई गाडी चले । 
 
जिविसको करिब रु १६ लाख ७० हजार र उपभोक्ता समितिको करिब रु तीन लाख ४१ हजार बराबरको जनश्रमदानमा सडक निर्माण गरिएको हो । 
 
जिल्लीबाट दैनिक करिब १० किमी हिँड्न बाध्य स्थानीयवासीले अब गाडी चढ्न पाउने भएका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ