arrow

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रहरीको फन्दामा, हतियारसहित पक्राउ

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
handcuffs-1.jpeg
राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–७ गोबरगाढा निवासी ३८ वर्षीय जसमुल भनिने नसरुल मियाँ रहेको प्रहरीले जनाएको छ ।
 
गोप्य सूचनाका आधारमा इप्रका, हनुमाननगरबाट खटिएको प्रहरीको टोलीले कोसी पलारमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 
 
पक्राउ परेका मियाँका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका मियाँलाई अनुसन्धानका लागि जिप्रका, सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ