काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको बिहान बसेको बैठकले चन्दलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । शीर्ष दावेदारमा रहेका डीआइजी नवराज सिलवाललाई पछाडि पार्दै चन्दले बाजी मारेका हुन् ।
सिलवाल र चन्दबीच निकै प्रतिस्पर्धा रहेको थियो ।
यता, सशस्त्र प्रहरकिो प्रमुखमा भने सजिलै सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सशस्त्रमा भने ठूलो प्रतिस्पर्धा थिएन ।
लामो समयको रस्साकस्सीपछि चन्द नेपाली प्रहरीको बागडोर सम्हाल्न सफल भएका हुन् ।