arrow

आफुलाई प्रहरी प्रमुख बनाउन र चन्दलाई रद्द गर्न भन्दै सिलवाल पुगे सर्वोच्च

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । बरियताक्रम मिचेर प्रहरी प्रमुख नियुक्त गरिएको भन्दै डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका छन् । बरियताक्रमको पहिलो नम्बरमा आफूनै रहेको जिकिर गर्दै आएका सिलवाल आफुलाई नै महानिरीक्षक बनाउन माग गरी असाधारण क्षेत्राधिकार अन्तर्गतको रिट लिएर सिलवाल सर्वोच्च पुगेका हुन् ।

उजुरीमा सिलवालले प्रहरी नियमावलीको व्यवस्थाविपरीत तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई सरकारले निर्णय गरेको महानिरीक्षकको नियुक्ति गैरकानुनी भएको जिकिर गरेका छन् । वरिष्ठता, मर्यादा र कार्य सम्पादनका आधारमा पनि आफू पहिलो नम्बरमा भएको जिकिर सिलवालको रिटमा उल्लेख छ । यस्तै, सिलवालले चन्दको नियुक्ति खारेज गरी आफूलाई महानिरीक्षकमा नियुक्त गर्न समेत माग गरेका छन् ।

आइतबार मात्रै सर्वोच्च अदालतले प्रहरी महानिरीक्षककोे नियुक्ती तत्काल कार्यान्वन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्बाट भएको नियुक्ति तत्काल कार्यान्वन नगर्न र नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता कपीलदेव ढकालले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले जेष्ठतालाई मिच्न लागेको भन्दै सर्वोच्चमा शुक्रवार रिट दायर गरेका थिए । आइतबार बिहान मात्रै मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ