arrow

कट्रिनापछि बोल्ड दुई बहिनी भित्राउने सुरमा सलमान खान

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
isabol-and-salman.jpeg
एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनेत्री कट्रिना कैफ पछि उनका  बोल्ड दुई बहिनी भित्राउन लागेको समाचार सार्वजनीक भएको छ । कट्रिना कैफलाई बलिउडमा सफल बनाएसँगै  सलमान खान अब उनका दुई बहिनीलाई चलचित्र उद्योगमा ल्याउन लागेका हुन् । कट्रिनाका दुई बहिनी बलिउडमा चाडै एन्ट्रि  गर्न सलमानले सहयोग गर्ने भारतिय सञ्चारमाध्यमले जनाएका छन् । कट्रिनाले सलमानसँग आफ्ना दुई बहिनिलाई बलिउडमा ल्याउन प्रस्ताव राखेकी थिइन् जसको सलमान अहिले पनि विचार गरिरहेका छन् । 
 
कट्रिनाका दुई बहिनी इसाबेल र सोनिया पनि बलिउडमा डेब्यू गर्न तयार रहेका छन् । एक भारतिय अनलाईका अनुसार सलमान कट्रिनको बहिनिलाई लन्च गर्ने र त्यसका लागि सलमान स्क्रिप्टको  खोजिमा रहेक दावी गरेको छ । 
 
साथै कट्रिना चाडै प्रोडक्शन समेत सुरु गर्ने सोचमा रहेकी छन् । कट्रिना दुई बहिनिलाई बलिउडमा ल्याउन आफै निर्माता बन्न सक्ने अनुमान पनि गरिएको छ । कट्रिनाले पहिले पनि प्रोडक्शनको लागि आफु इच्छुक रहेको बताइ सकेकी छन् । तर उनिले कहिलेबाट प्रोडक्शन सुरु गर्ने हो यो भने हेर्न बाकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ